सरकारी तथा अन्य निकायसंगको सहकार्यमा व्यवसायिक माहुरी पालन प्रवर्द्धन

१. उद्देश्य
कैजेल माहुरी पालन को पहलमा, ग्रामिण क्षेत्रमा मौरीपालन व्यवसायलाई प्रवर्द्धन गर्दै किसानहरूको आर्थिक सशक्तिकरण गर्ने हाम्रो प्रमुख लक्ष्य हो। कैजेल माहुरी पालन र नेपाल माहुरी पालन केन्द्रीय सहकारी संघको संयोजनमा सरकारी, सहकारी, सामुदायिक, निजि क्षेत्र तथा अन्य निकायहरू संग सहकार्य गरी व्यवसायिक माहुरी पालन, तालिम, प्राविधिक तथा आर्थिक सहयोग प्रदान गरिन्छ।

२. सहकार्यका प्रमुख क्षेत्रहरू
✅ प्रशिक्षण र सीप विकास – व्यवसायिक माहुरी पालनका लागि बिभिन्न स्तरका तालिमहरू कैजेल माहुरी पलन द्वारा प्रदान गरिन्छ।
✅ प्राविधिक सहायता – आधुनिक प्रविधि, माहुरी व्यवस्थापनका प्रविधिहरू, र वैज्ञानिक पद्धतिहरूको प्रयोगमा परामर्श दिइन्छ।
✅ वित्तीय सहयोग – किसानहरूले सरकारी, सहकारी तथा अन्य निकायहरूसँगको सहकार्यमा आवश्यक आर्थिक स्रोत प्राप्त गर्न सक्छन्।
✅ बजार व्यवस्थापन – माहुरी पालकहरूको उत्पादन (मह, मौरीघार , माहुरी आदि) को उचित बजार व्यवस्थापनको व्यवस्था गरिन्छ।
✅ माहुरी पालन उपकरण वितरण – माहुरी  घार , माहुरी  जन्य सामाग्री तथा अन्य आवश्यक उपकरणहरूको आपूर्ति तथा बिक्री गरिन्छ।

३. कार्यक्रम सञ्चालन प्रक्रिया
📌 व्यक्तिगत वा समूहगत रूपमा आवेदन दिन सकिन्छ।
📌 कैजेल माहुरी पालन को वेबसाइटमार्फत वा प्रत्यक्ष सम्पर्क गरी आवश्यक सहयोगका लागि अनुरोध गर्न सकिन्छ।
📌 आवश्यकता अनुसार प्रस्ताव तयार गरी सम्बन्धित निकायहरूसँग समन्वय गरिन्छ।
📌 तालिम तथा प्रविधि हस्तान्तरणका लागि विज्ञ प्रशिक्षकहरू खटाइन्छन्।
📌 सहकारी तथा सामुदायिक संस्थामार्फत आर्थिक तथा बजार व्यवस्थापनमा सहयोग गरिन्छ।
📌 समूहमा कार्यक्रम सञ्चालन गर्नुपर्ने भएमा न्यूनतम खर्च समूहले व्यवस्थित गर्नुपर्नेछ।

४. तालिमका विकल्पहरू
✔ व्यावसायिक माहुरी  पालन तालिम – नयाँ तथा पुराना मौरीपालकहरूका लागि विशेष व्यावसायिक तालिम।
✔ सहकारी तथा सामुदायिक माहुरी  पालन तालिम – सहकारी वा सामुदायिक समूहका लागि लक्षित तालिम।
✔ अनलाइन तालिम सुविधा – कैजेल माहुरी पालन को वेबसाइटमार्फत अनलाइन तालिममा सहभागी हुन सकिने व्यवस्था।